चान्कान प्रोजेक्ट (Nepali)

बस्ने ठाउँ नभएको ,आफ्नो घरबाट निकालिएको वा इन्टरनेट क्याफेमा बसिरहेका विदेशी नागरिक र युवाहरू जसलाई बस्ने ठाउँ वा खानाको लागि समर्थनकोआवश्यकता परेको बेला परामर्श गर्ने केन्द्र हो।

आय घटेको , कामबाट बरखास्त गरिएको आदि जस्ता कारणले बस्ने ठाउँ नभएको।

परिवारसँग बढी समय बिताउने क्रममा उत्पन्न भएका विभिन्न विवादास्पद भावनाहरू लिएर घर छोडेको ।

नयाँ कोरोना भाइरसको कारण विदेशी नागरिक र युवा वर्गहरुमा गहिरो प्रभाव पारेको छ। भाषा आदानप्रदान बारेमा चिन्ता भएको ,समर्थन प्रणालीको बारेमा अन्जान ,सार्वजनिक संस्थानहरूसँग परामर्श गर्न असहज महशुस र कहाँ गएर परामर्श गर्दा उचित होला भन्ने ज्ञान नभएको विदेशी नागरिक र युवा वर्गहरु प्रति समर्पित सहज रुपमा परामर्श लिन सकिने परामर्श केन्द्र सिर्जना गर्नु यस परियोजनाको लक्ष्य हो।

आराम गर्न र शान्तपूर्वक सोच्न सक्ने ठाउँ उपलब्ध गराउनको साथै , स्थानीय परामर्श केन्द्रको सहयोग प्राप्त गर्न समर्थन गर्दछौं।

जब जीवन कठिनाई भई मानसिक अस्थिरता निम्त्याउँछ , हामी अहिलेको अवस्था बाहेक अरु केहि सोच्दैनौं र परिणाम स्वरुप यसले परिस्थितिलाई अझ विकराल बनाईदिन्छ । एक्लो महसुस नगर्नुहोस्, आउनुहोस् र हामीसँग कुरा गर्नुहोस्।

चान्कान भन्नाले
हंगुलमा यसको अर्थ “थोरै” वा “केहि समयको लागि” हुन्छ। केहि समयको लागि शान्तपूर्वक बसोबास गर्ने प्रावधान सिर्जना गरी अघिल्लो जीवन मार्ग पत्ता लगाउन समर्थन गर्ने हुनाले हामीले यसलाई “चान्कान प्रोजेक्ट” भनि नामकरण गर्यौं।

परामर्श गर्न

परामर्शका लागि यहाँ (ईमेल)
परामर्शको लागि यहाँ (SNS)

परामर्शको लागि प्रक्रिया

1. चान्कान प्रोजेक्टमा परामर्श

  

2. परामर्शदाताले तपाईंलाई सम्पर्क गर्नेछ

  

3. स्थानीय सहायकहरूसँग मिलेर अस्थायी रुपमा बस्नको लागि स्थान सुरक्षित गर्छौं

  

4. स्थानीय परामर्श केन्द्रसँग आवद्ध भई जीवन पुनर्निर्माण गर्ने

SNS Oficial


一般社団法人 社会的包摂サポートセンター इप्पान स्यादान् होउजिन स्याखाइतेकि होउसेचुउ समर्थन सेन्टर 新型コロナ対応「緊急生活支援地域体制整備」事業
厚生労働省 生活困窮者及びひきこもり支援に関する民間団体活動助成事業